ओखलढुंगा । ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगातर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो ।
सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो ।
घाइतेमध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० वर्षीय युसब कोईराला, ७ वर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० वर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० वर्षीय सन्दिप श्रेष्ठ, ४२ वर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ वर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।
फाइल तस्बिर : हाम्रोमत

