दोस्रो वडाअध्यक्ष कप: टिडबलूवाइसि र मिल्स क्लब सेमिफाइनलमा

विराटनगर । दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडबलूवाइसि र मिल्स भेट्रान्स क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ । विराटनगर १७ स्थित खेल मैदानमा सोमबार भएको पहिलो खेलमा रानी युवा क्लबलाई ३–० ले हराउँदै टिडबलूवाइसि सेमिफाइनलमा पुगेको हो ।

टिडबलूवाइसिका इश्वर खवासले दुई गोल र केवल महर्जनले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रानी युवा कलबका पवन राई घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा पोखरीया फुटबल क्लबलाइ ३–१ गोलले हराउँदै मिल्स भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ । मिल्सको तर्फबाट विजय डंगोलले दुई गोल र सुमित डंगोलल एक गोल गरेका थिए । पोखरीयाको तर्फबाट आशिष थापाले सान्तवना गोल फर्काए । म्यान अफ म्याच पोखरीयका आशिष थापा घोषित भए ।

मंगलबारको पहिलो सेमिफाइनल खेल लाली गुराँस स्पोर्टिङ क्लब र विराट बुद्ध फुटबल क्लब बिच हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजेताले नगद ३५ हजार र उपबिजेताले २५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।

सोमबार, ०३ माघ, २०७८, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर