धमाधम स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । कोरोना संक्रमणको तेस्रो लहरसँगै विराटनगरस्थित विभिन्न अस्पतालका दर्जनौं स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।

कोशी अस्पतालका ३ दर्जन हाहारारी स्वास्थ्यकर्मी र कर्मचरीमा कोरोना संक्रमण देखिएको छ भने नोबेल र न्युरो अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित छन् ।

कोसी अस्पतालमा मात्र २६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यस्तै न्युरो र नोबेलका एक दर्जन बढि स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जनसम्पर्क र बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका हुन् ।

अस्पतालले संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा राखेर नियमित सेवा सञ्चालन गरिरहेको बताएका छन् । कोसीमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सकसमेत संक्रमित छन् ।
अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएका थिए । अहिले संक्रमित सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एकीकृत जानकारी दिने संयन्त्र नभएकाले कहाँ कति संक्रमित भए, यकिन भन्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । अस्पतालभित्रका कर्मचारीमा संक्रमणको अवस्था बुझ्न शनिबारदेखि एक संयन्त्र निर्माण गरेर काम गर्ने उनले बताएका छन् ।

आइतबार, ०२ माघ, २०७८, बिहानको ११:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर