विराटनगर । सामुदायिक विकास समाज (सिडिएस) ले आपm्नो २४ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न गरेको छ ।

विराटनगरस्थित बरगाछी सहकारी संस्था लिमिटेडको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै समाजले सधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

साधारणसभाको रोटरी इनटर नेशनल २०२१/२२ का डिस्ट्रीक कन्फरेन्स चेयरमेन बेनी गोपाल मुन्दडाले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै आयोजक सस्ंथाका सचिव विपुलेन्द्र झाले संस्थाले आफ्नो स्थापना कालदेखि नै विपन्न समुदायलाई लक्षितगरि सिपमूलक र आर्थिक विकासका निम्ति काम गर्दै आएको बताए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले सामुदायिक विकास समाजले महिलाहरुलाई लक्षित गरि क्षमता अभिवृद्धि र सशक्तीकरण तथा आय आर्जन वृद्धि गर्ने, बगैंचा व्यवस्थापन तथा कौसीखेती लगायतका कार्यक्रहरु सञ्चालन गर्दै आएको बताए ।

संस्थाका कोषाध्यक्ष लक्ष्मी निरौलाले २०७७/७८ को २६ लाख ८४ हजार बढीको आयव्यय विवरण प्रस्तुत गरे । कार्यक्रममा रोटरी मिडटाउनका पूर्व अध्यक्ष जूगल किशोर राठी, बरगाछी सहकारी संस्था लिमिटेडका व्यवस्थापक माधव चापागार्इं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले गंगाप्रसाद यादवको अध्यक्षतालाई निरन्तरता दिंदै ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष पार्वती प्रधान, सचिव विपुलेन्द्र झा, कोषाध्यक्ष लक्ष्मी निरौला र सदस्यहरुमा भवनाथ कोइराला, पूजन दाहाल र कमला वस्ती छन् ।

समितिका सल्लाहकारहरुमा शत्रुघनचन्द्र पौडेल, विनोद शर्मा, डा.अनुप यादव, श्यामप्रसाद दाहाल र जुगलकिशोर राठी रहनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार नै निर्वाचन समिति संयोजक विनोदप्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।