विराटनगर । प्रहरीले मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय ईन्द्रबहादुर राई रहेका छन् ।

शुक्रबार बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली–१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।