विराटनगरकी उपप्रमुख इन्दिरा कार्की अचानक बिरामी

विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दिरा कार्कीको नशामा रगत जम्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबार साँझ अचानक गम्भीर बिरामी भएपछि उपमेयर कार्कीलाई बिमानबाट आकस्मीक रुपमा काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए । कार्कीको अवस्था अहिले सामान्य रहेको र अहिले शल्यक्रिया चलिरहेको पराजुलीको भनाइ छ ।

कार्कीलाई टाउकोको नशामा रगत जम्ने समस्या (एन्युरिज्म) देखिएको हो । उनको अवस्थाबारे थप जानकारी प्राप्त भइसकेको छैन ।

मङ्गलबार, २० पुष, २०७८, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर