लोड हुँदैछ...

मेनु

कान्तीपुर कलेजमा वक्तित्वकला प्रतियोगिता

कान्तीपुर कलेजमा वक्तित्वकला प्रतियोगिता

विराटनगर । विराटनगर–१० रहेको कान्तीपुर कलेजले वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत १५ जना विद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा कक्षा १२ की कृपा करुण पोखरेल प्रथम भएकी छिन् । कक्षा ११ की अनु मगर दोस्रो भएकी छिन् भने कक्षा १२ का निरज चौधरी तेस्रो तथा कक्षा १२ कै प्रमिता हिङमाङले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताको निर्णायकमा प्रा.डा. तेजनारायण मण्डल, जनक अधिकारी र कृष्णप्रसाद वस्ती रहेका थिए ।

विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गराउने उद्देश्यले शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभावबारेमा प्रतियोगिता गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।