लोड हुँदैछ...

मेनु

एम्स कलेजले मानायो अंग्रेजी नयाँ वर्ष २०२२

एम्स कलेजले मानायो अंग्रेजी नयाँ वर्ष २०२२

विराटनगर । विराटनगर–९ मा अवस्थित एम्स कलेजले अन्तराष्ट्रिय नयाँ वर्ष एक कार्यक्रम गरी मनाएको छ ।

‘फनफेस्टिबल’ नाम दिइएको उक्त कार्यक्रममा ब्याचलर डिग्री अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यार्थीबाट गरिएको उक्त कार्यक्रममा विद्यार्थी लिडर क्रितान्जली बराल, कलेजका अध्यक्ष तुलसीप्रसाद पोखरेल, क्याम्पस प्रमुख सि.एम.बस्नेतले शुभकामना दिएका छन् । विभिन्न फन गेममा विद्यार्र्थीहरु सहभागी भए ।

नयाँ वर्षको शुरुवात सँगै विद्यार्थीहरुमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँपनको शुरुवात होस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख बस्नेतले बताए । इभेन्ट म्यानेज गर्न सिकाएको कुरा गर्दै प्रमुख बस्नेतले विद्यार्थीहरुलाई प्रेरणा दिँदै भने, ‘नयाँ वर्ष २०२२ सँगै नयाँ बाटो, नयाँ परिवेश र आफैूभित्र नयाँ पनको अनुभुति हुनुपर्छ ।’ बिएचएम अभ्ययनरत विद्याथीहरुले आफूले बनाएको केक प्रदर्शन गरेर नयाँ वर्षको शुरुवात गरे ।

कलेजले विद्यार्थीलाई रियल सिकाई हुने गरि कलेज भित्रनै लाइभ बेकरी एण्ड कफी हाउस संचालन गर्दै आएको छ । कलेजले नयाँ वर्षको शुरुवात सम्पूर्ण विद्यार्थीलाई आफ्नै बेकरीमा आफ्नै विद्यार्थीले बनाएको केक वितरण गरेर गर्यो । एम्स कलेजले केही न केही अवसर पारेर विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकास हुने खालका कार्यक्रम गर्दै आएको छ । कलेजले त्रिविविबाट सम्बन्धनप्राप्त बिबिएस, बिएचएम र बिएससिसिएसआइटी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।