लोड हुँदैछ...

मेनु

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, कानेपोखरी र रंगेलीमा १–१, झापाको विर्तामोड र बाहृदशीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds