दुहबीमा पेस्तोल सहित युवक पक्राउ

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ बाट १ थान पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–१२ खनारका ३४ वर्षीय काउ भनिने सुशील शाह रहेका छन् । शाहले पेस्तोल लिई हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गए राती दुहबी–३ बाट शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

पुस १४, २०७८, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर