सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंमा ८ जना पक्राउ

काठमाडौं । सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ ।

उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई हिजो र एकजनालाईआज पक्राउ गरिएको हो । पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो ।

पुस १४, २०७८, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर