मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं. २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

हिजो अर्थात् मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिणतर्फ पूर्व पश्चिम राजमार्ग आउँदै गरेको प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क., चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक तीनै जना सुन पसलको सुनचाँदीका गरगहना बनाउने मजदुर हुन् ।

पुस १४, २०७८, बिहानको १०:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर