किमाथांकामा हिमपात : जनजीवन कष्टकर

किमाथांकामा हिमपात : जनजीवन कष्टकर

विराटनगर । संखुवासभा जिल्लाको भोटखोलाा गाउँपालिका किमाथांकामा हिमपात हुँदा जनजीवन कष्टकर भएको छ । शुक्रबार देखि हिमपात परेपछि स्थानियको जनजीवन कष्टकर भएको किमाथांका प्रहरी चौकी ईन्चार्ज टिकाराम राईले जानकारी दिए ।

राईका अनुसार किमाथांकामा तिन फिटसम्म हिउं जमेको छ जसले गर्दा त्यहाँको बस्ती साथै प्रहरी चौकी समेत देख्न कठिन भएको छ । हिमपात सँगै बढेको अत्याधिक चिसोका कारण ज्येष्ठ नागरिक, सुत्केरी महीला साथै बालबालीकालाई समस्या भएको छ ।

 

तस्विर : किमाथांका प्रहरी चौकी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्