संविधान निर्माणमा प्रचण्डको सबैभन्दा बढी योगदान छ : प्रधानमन्त्री देउवा

‘एमसीसी पारित गर्नुपर्छ, एमसीसी राष्ट्रघाती देखेको छैन, छलफल भइरहेको छ छिट्टै पारित हुन्छ’

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी छिट्टै पारित हुने बताएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले आफूले एमसिसीमा कुनै पनि राष्ट्रघात नदेखेको बताए । उनले एमसीसी पढ्न सबैलाई सुझाव पनि दिए ।

अर्को प्रसङ्गमा प्रचण्डको प्रशंसा गर्दै देउवाले संविधान जारी गर्ने सबैभन्दा महत्वपूर्ण भूमिका प्रचण्डले नै खेलेको दाबी गरे । ‘संविधान निर्माणमा प्रचण्डको ठूलो भूमिका छ,’ देउवाले भने, ‘समावेशीता र समानुपातिक व्यवस्था लागू भएको छ ।’

देउवाले आफूहरु मिल्नेमिल्ने मिलेर गठबन्धन गरेको बताउँदै चुनावभन्दा पछाडिसम्म गठबन्धन गरेर जाने इच्छा आफ्नो रहेको बताए । गठबन्धन कसैको विरुद्धमा लक्षित नरहेको बताउँदै उनले मन मिल्नेहरु मिल्न पाउनुपर्ने तर्क गरे ।

आइतबार, ११ पुष, २०७८, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर