ग्रामाथान । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाट अवस्थित श्री सरस्वती नमुना मा.वि.को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकिरण तथा नमुना विद्यालय विकास गुरुयोजना अन्तर्गत आर्थिक वर्ष २०७८ – ०७९ को लागि प्रस्तुती कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा सामाजिक परिक्षण अन्तर्गत विद्यालयको शैक्षिक सुचक, आर्थिक आयव्यय र आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षहरुको प्रस्तुतीकरण गरिएको थियो ।
यस आ.व.मा भौतिक निमार्णतर्फ ७० लाख र शैक्षिक व्यवस्थापनतर्फ ३० लाख रुपैँया खर्च गरिने विवरण विद्यालयका प्रधानध्यापक अशोक कुमार लुईंटेलले प्रस्तुत गरेका थिए ।
अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा १५ सय विधार्थी अध्ययनरत रहेका छन् । साथै कक्षा ११-१२ मा शिक्षा, व्यवस्थापन ,कानुन संकाय तथा सिभिल ईन्जिनियरिङका कक्षाहरु संचालनमा रहेका छन् ।
सो कार्यक्रममा प्रमुख आतिथ्यता ग्रामथान गा.पा.का प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कार्की रहेको थियो । साथै अन्य अतिथिहरुमा गाउँपालिका शिक्षा शाखा प्रमु्ख भिम प्रसाद न्यौपाने, गाउँपालिका लेखाअधिकृत निलेश सापकोटा, वडा नम्बर २ का अध्यक्ष कृष्ण कुमार माझी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार सरदार, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष लुईंटेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य सहायक प्र.अ. लक्ष्मि प्रसाद गुरागाईंले गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष कलसु मुडियारीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।