विराटनगरस्थित राेडषेशमा कार दुर्घटना, तीन घाईते

विराटनगर । विराटनगरस्थित राेडषेशमा एउटा सवारी साधन दुर्घटनामा परेकाे छ ।

जाेगवनीबाट विराटनगर महेन्दचाेक आउँदै गरेकाे प्रदेश ३-०१, ०३२ च ३१०९ नम्बरकाे कार दुर्घटनामा परेकाे हाे । कार आफैं अनियन्त्रित भएर सडककाे डिभाईडरमा ठाेक्किएर दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी कार चालक माेरङ पथरीशनिश्चरे १ का २८ वर्षको प्रकाश प्रसाईं, कारमा सवार साेही ठाउँका ६० वर्षको भीमशंकर श्रेष्ठ र पथरीशनिश्चरे ८ कि वर्ष ४० कि रेणु विक घाईते भएका छन् । उनीहरूकाे विराटनगरस्थित न्यूराे अस्पतालमा उपचार भईरहेकाे छ । अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

पुस ९, २०७८, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर