नेपाल जनस्वास्थ्य सघंमा विजेश बस्नेतको उम्मेदवारी

विराटनगर । युवा जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्य अभियानकर्मी विजेश बस्नेतले जनस्वास्थ्य सघं नेपालको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

यही पौष २४ गते हुने नेपाल जनस्वास्थ्य सघंको चुनावमा मुलुकभरका जनस्वास्थ्यकर्मीले मतदान गर्ने छन् । बिराटनगरमा जन्मिएर लामो समयसम्म कोशी अस्पताल र प्राधिविक स्वास्थ्य क्षेत्रमा योगदान गरेका बस्नेत स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो ।

हाल काठमाडौंस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा सिनियर प्राविधकको रुपमा कार्य गर्दै आएका बस्नेत प्रखर वक्ता तथा युवामाझ लोकप्रिय छन् । उनले जनस्वास्थ्य विषयमा स्नातकरस्नातकोत्तर गर्नुका साथै त्रि.वि. बाट एम. फिल. तथा हाल जनस्वास्थ्य विषयमा विद्यावारिधी अध्ययनरत छन् । विभिन्न सम्मेलन तथा तालिमहरुमा सिङगापुर्, श्रीलङ्का, माल्दिभ्स, मलेसिया, थाइल्यान्डको भ्रमण गरी यथेष्ठ अन्तराष्ट्रिय अनुभव समेत हसिल गरेका बस्नेतले जनस्वास्थ्य क्षेत्रलाई समाजमा बढाउन र यसका रोजगारीका अवसर सिर्जना गर्ने पहल गरी देश विकासमा सहयोग गर्न आफ्नो उम्मेद्वारी दिएको बताए ।

शुक्रबार, ०९ पुष, २०७८, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर