जनस्वास्थ्य संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुन् । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीबीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताए ।

बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताए । सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधि गर्दैछन् । उनी विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्ययापनरत छन् ।
नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा हुनेछ ।

बिहिबार, ०८ पुष, २०७८, रातीको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर