तस्करीको हार्डवयेरको सामान बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतदेखि तस्करी भएर आएको हार्डवयेरको सामान बरामद गरेको छ । विराटनगर १६ देखि नेपाल भारत सीमा क्षेत्रदेखि बुधबार तस्करी भएर आएको हार्डवयेरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले बरामद गरेको सामान ५ लाख ७५ हजार ८ सय रुपैयाँको रहेको छ । बरामद गरेको सामान सशस्त्र प्रहरीले बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

हार्डवयेरको सामानमा धाराको धेरै सामानहरु रहेको छ । तस्करी गरि ल्याउने गिरोहले भारतदेखि अवैध रुपमा नेपाल भारत सीमा क्षेत्रसँग जोडिएको दशगजा क्षेत्रको घरहरुमा सामान राख्ने र राती भएपछि भरियाले सामान नेपाल छिराउने गरेकाछन् ।

पुस ७, २०७८, दिउँसोको १२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर