प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर ।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ ।

४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, ०६ पुष, २०७८, दिउँसोको ०४:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर