विराटनगर । नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारी निर्वाचित भएका छन् । यहि पुस एक देखि चार गतेसम्म पोखरामा भएको नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
दाङको त्रिभुवन नगर जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले ३६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षमा विकास मानन्धर,श्यामसुन्दर पौडेल, गोकुल सापकोटा र शिवप्रसाद भुसाललाई पराजित गरेका हुन ।
भण्डारी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०,राष्ट्रिय उपाध्यक्ष २०१९, त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन् । त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा दिपेन्द्र निरौला,सुनिल तिम्सिना,रमा कुमारी प्याकुरेल र अनिल बहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै रास्ट्रिय उपाध्यक्षमा कुमार सिंह साँवा लिम्बू,जिबन कार्की,मनोज कुमार शाह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेश चन्द्र ओझा, राम प्रसाद पाण्डेय, योगिराज अधिकारी, सन्दिप अग्रहरी,कृष्ण बहादुर श्रेष्ठ, राजिब प्रसाई र जिबन श्रेष्ठ निर्वाचित भएका छन् ।