विराटनगर नगरस्तरीय कांग्रेस कार्यकर्ता माओवादीमै फर्किए

विराटनगर । विराटनगर-५ का आधा दर्जनबढी कांग्रेसका अगुवा कार्यकर्ता माओेवादीमा प्रवेश गरेका छन् ।

यसअघि उनीहरू माओवादीबाट कांग्रेस प्रवेश गरेमा थिए । उनीहरूले आफूहरू कांग्रेसमा अपमानित भएकाे भन्दै पुनः माओवादीमै फर्किएका हुन् ।

विराटनगरस्थितर तीनपैनीमा रहेकाे माओवादी पार्टी कार्यालयमा शुक्रबार एक कार्यक्रम गरि उनीहरूलाई पार्टी प्रवेश गराईएकाे माओवादी विराटनगरका अध्यक्ष नवीन पाैडेलले जानकारी दिए । पार्टी प्रवेश गर्नेहरूमा सर्जुक मण्डल, मनाेज राय, सन्ताेष साह, सीता राई, राजु मण्डल, मनाेजकुमार चाैधरी र राजेश्वर थन्दार रहेका छन् ।

उनीहरू कांग्रेसका नगरस्तरीय कार्यकर्ता हुन् । उनीहरूकाे नेतृत्वमा ५० जना बढी कांग्रेसका क्रियाशिल सदस्यहरू माओवादीमा प्रवेश गरेकाे पाैडेलकाे भनाई छ । उनीहरूलाई माओवादीका प्रदेश १ सदस्यहरू भाेगेन्द्र यादव, हेम कार्की, विवेक गाैतम, नगर सचिव नमिता न्याैपानेलगायतले अविर लगाएर स्वागत गरेका थिए ।

शुक्रबार, ०२ पुष, २०७८, रातीको ०९:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर