लोड हुँदैछ...

मेनु

यी हुन् विराटनगरमा स्कुटर चोर्ने

यी हुन् विराटनगरमा स्कुटर चोर्ने

विराटनगवर । मोरङको विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । मंसिर २९ गते राती साढे ७ बजे सिर्जन पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रामलाई जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।