काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले ट्वीट गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका छन् ।