माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

विराटनगर । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अन्य पदाधिकारी भने चुनिएका छैनन् ।
गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् ।
नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।
८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समितिमा २ सय १ सदस्य छनोट भएको केन्द्रीय राजकाजी सदस्य गुरुङले बताए ।

 

सोमबार, २७ मंसिर, २०७८, दिउँसोको ०३:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर