लोड हुँदैछ...

मेनु

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दोस्रो पटक नियुक्त

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दोस्रो पटक नियुक्त

विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके दोस्रो पटक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी -२० विश्वकप खेलेको थियो ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।