विराटनगर । माओवादी केन्द्र निकटको पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा (जुगल) सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
सापकोटा यसअघि माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार थिए । चितवनमा आज सम्पन्न महाधिवेशनले १८४ केन्द्रीय सदस्य चयन गरेको छ ।
बाँकी पदाधिकारी विस्तारै मिलाउने सो संगठनले जनाएको छ । प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेशी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एक जना रहनेछन् ।
१९ बुँदे घोषणापत्र सार्वजनिक
महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गर्दै दलहरुलाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरिएको छ ।
मिडिया सम्बन्धी पुराना कानून खारेज गरी नयाँ कानून बनाउन, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारी साधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्न समेत माग गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।