विराटनगर । नेपाली काँग्रेस प्रदेश १ को मतगणना बल्ल सुरु भएकोछ । विराटनगरस्थित काँग्रेसको जिल्ला कार्यालयमा दुई बजे गणना सुरु भएको हो ।
उम्मेद्वारका प्रतिनिधिहरु ढिलो आउँदा गणना ढिलाइ भएको काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए ।
शनिबार राती साढे ७ बजे सम्पन्न भएको मतदानमा १ हजार ७ सय ५३ मत खसेको थियो ।
प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट झापा काँग्रेसका पूर्व सभापति उद्धव थापा टिमसहित चुनावमा होमिएका छन् । यस्तै इतर पक्षबाट काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको टिमसहति चुनाव होमिएका छन् ।
सभापतिमा उम्मेदवार दिएका घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र डा। शेखर कोइरालाले समर्थन छ ।