काँग्रेस प्रदेश १ महाधिवेशन : १७५३ मत खस्यो, घिमिरे र थापा को बन्लान सभापति ?

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत प्रदेश १ को नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत भरत थापाका अनुसार शनिबार राती साढे ७ बजे सम्पन्न भएको मतदानमा १ हजार ७ सय ५३ मत खसेको छ ।
शनिबार बिहान ८ बजे मतदान गर्ने भनिए पनि सदस्यका उम्मेदवारकै नाम छुटेपछि विविवाद हुँदा दिउँसो २ बजेबाट सुरु भएको थियो ।

६ घण्टा ढिलो गरि सुरु भएको मतदान राती साढे सात बजे सकिएको निर्वाचन अधिकृत थापाले बताए । प्रदेश मतदानका लागि १ हजार ८ सय ४ प्रदेश प्रतिनिधिहरू छनौट भएका थिए । ५१ जना प्रतिनिधि अनउपस्थित रहेका छन् । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

मतगणनाका लागि दुवै पक्षसँग छलफल गरेर नेपाली काँग्रेस मोरङको पार्टी कार्यालयमा आइतबार बिहान ८ बजेदेखि हुने सहमति भएको काँग्रेस विराटनगरका सभापति दिपक चपगाईले जानकारी दिए । प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट झापा काँग्रेसका पूव सभापति उद्धव थापा टिमसहित चुनावमा होमिएका छन् ।

यस्तै इतर पक्षबाट काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको टिमसहति चुनाव होमिएका छन् । सभापतिमा उम्मेदवार दिएका घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले समर्थन छ । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ ।

९ पदाधिकारीका लागि २० जनाको उम्मेद्वारी

नेपाली काँग्रेस प्रदेश १ मा ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन् । प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् । २ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेद्वारी दिएका छन् ।

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारूतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।

शनिबार, १८ मंसिर, २०७८, रातीको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर