विराटनगरका कलेजहरूको नतिजा कस्तो ?

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेका कलेजहरूले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजा अनुसार यहाँका कलेजहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो उत्कृष्टतालाई कायमै राखेको छ । १ सय ६२ जनाले दिएको कक्षा १२ को परिक्षामा १६ जनाले ए प्लस, १११ जनाले ए, ३१ जनाले बि प्लस र ४ जनाले बि ग्रेड ल्याउन सफल भएका छन् । कोरोना कहरका बिच भएको शिक्षण सिकाई र विद्यार्थीको मेहनतका कारण राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाफलले एभरेष्टको उचाई थप बढाएको छ ।

निश्चित संख्यामा विद्यार्थी भर्ना लिई गुणस्तरीय शिक्षामा जोड दिँदै आएको एभरेष्टले नर्सरीदेखि स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ । चाँडै स्नातकोत्तरको समेत अध्यापन गराइने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताए ।

यस्तै व्यवस्थापन संकाय मात्र पठनपाठन गराउँदै आएको विराटनगरको मेरिल्याण्ड कलेजले पनि उत्कृष्ट नतिजा ल्याएको छ । ७ सय ७७ जना जना परीक्षा दिएको मध्ये ५१ जनाले ए प्लस, ५ सय १ जनाले ए र २ सय १३ जनाले बी प्लस ल्याएको कलेज प्रमुख लक्ष्मण ढकालले जानकारी दिए ।

यस्तै कान्तिपुरले ५८८ जनाले दिएको परीक्षामा ३७ जनाले ए प्लस, २ सय ८० जनाले ए र २ सय ७१ जनाले बी प्लस प्लस ल्याएर सतप्रशित विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

अरनिको कलेज ७ सय बढी विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा दिएका सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको कलेजले जनाएको छ । यसैगरि शिक्षादीप, अर्किड, ग्रिनल्याण्ड, लर्डबुद्ध, कोवास, सगरमाथालगायतका कलेजहरुले पनि उत्कृष्ट नतिजा ल्याएको जनाएको छ ।

सामुदायिक विद्यालयको नतिजा पनि उत्कृष्ट

विराटनगरका सामुदायिक विद्यालयहरूले पनि कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विराटनगरमा रहेको पोखरीया माविले सतप्रतिशत नतिजा ल्याएको छ । पोखरीया स्कूलका प्राचार्य खेम भट्टराईको अनुसार १४२ जनाले परीक्षा दिएको मध्ये १० जनाले ए प्लस ल्याएका छन् । यस्तै १२ जनाले ए ३९ जनाले बी प्लस, २५ जनाले बी र ६ जनाले सी प्लस ल्याएर विद्यार्थी उत्तिर्ण भएको प्राचार्य भट्टराईले जानकारी दिए ।

गुणस्तरीय शिक्षा दिन थालेपछि पोखरीया स्कूलमा भर्ना पाउन विद्यार्थीलाई मुस्किल छ । पोखरीया स्कूलले उत्कृष्ट भनिएका बोर्डिङसँग प्रतिस्पर्धामा उत्रिएपछि यस विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । यसअघिको शैक्षिक सत्रमा विद्यालयले लिएको प्रवेश परीक्षामा कक्षा १ देखि ९ सम्म कोटाभन्दा बढी विद्यार्थी भर्नाका लागि आवेदन परेको थियो । विद्यार्थीको चाप बढेपछि भर्नाका लागि जनप्रतिनिधि, कर्मचारी र नेताको दबाब आउने गरेको शिक्षकहरु बताउँछन् । भौतिक र शैक्षिक क्षमता अनुसार विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले आवदेन दिएका सबैलाई लिन नसकेपछि प्रवेश परीक्षामा उत्ृकष्ट हुने विद्यार्थीलाई भर्ना लिने गरेको थियो । गत वर्षको विद्यार्थीको अत्याधिक भिड भएपछि यसवर्षदेखि पोखरीयाले सेक्सन थप गरेको प्रअ भट्टराइले बताए । ६ देखि ९ सम्म दुई वटा सेक्सन बनाएर पठनपाठन सुरु गरेको छ ।

कक्षा १२ मा पोखरीयामा विज्ञान संकाय, व्यवस्थापन, शिक्षा, प्राविधितर्फ कम्प्युटर इन्जिनियरिङ पढाइन हुने गरेको छ । यस्तै विराटनगरको आर्दश र सत्यनारायण माविले पनि कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।

शनिबार, १८ मंसिर, २०७८, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर