विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफू सँधै सकारात्मक रहेको पनि बताए ।
अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताए । ‘शारिरीक रुपमा समस्या भएपनि उहाँहरु मानसिक रुपमा तेज हुनुहुन्छ,’ मन्त्री यादवले भने । अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपाङ्गता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताइन् । उनले दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्तिहरुले गरेको उपलब्धीलाई संस्थागत गर्ने दिन पनि भएको बताइन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रम गरि जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।