अधिवेशन माहोल : माओवादीले मोरङको विराटचौकमा प्रदेश सम्मेलन गर्ने

अधिवेशन माहोल : माओवादीले मोरङको विराटचौकमा प्रदेश सम्मेलन गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलन आगामि मङ्सिर २५ गते हुँदैछ ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । आयोजक २५० र मनोनित गरेर उक्त संख्यामा सहभागी हुने राईले बताए ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने राईले जानकारी दिए । उनका अनुसार असम्मेलनको उद्घाटन सत्रपछि सोही दिन बन्द–शत्र सुरु हुनेछ । ‘राजनीतिक र वैचारिक पक्षमा भोलीपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्,’ राईले भने, ‘समिति निर्माणको काम सहमतिमै २६ गते टुंगो लाग्नेछ ।’

नेतृत्वको विषयमा सहमतिमै टुंग्याइने उनले बताए । हालसम्म प्रदेशका अधिकांश पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको राईको भनाइ छ ।

3 प्रतिक्रियाहरू

राजन सुवेदी
मंसिर २०, २०७८

सहि कुरा

पारुहाङ राई
मंसिर २१, २०७८

राम्रो छ विराटचोकमा

मिलन
मंसिर २१, २०७८

प्रस्ताव अनुसार घोषणा गर्नु भएको मा हामी नगरवासी उत्साहित छौँ ।

प्रतिक्रिया दिनुहोस्