रोटरी क्लव विराटनगर र साना पाइलाद्वारा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र साना पाईला विराटनगर मोरङको संयुक्त आयोजनामा एक दिने दन्त तथा नाक, कान, घाँटी परीक्षण शिविर सम्पन्न भएको छ।

शिविर विराटनगर १२ पाञ्चालीस्थित लक्ष्मीनारायण वेद विद्यालयमा भएको थियो । शिविरमा सो विद्यालयका ६० जना विद्यार्थीको निःशुल्क परीक्षण गरिएको थियो । कार्यक्रममा नाक, कान, घाँटी विशेषज्ञ डा. मीनाक्षी बस्नेत र डा. सतीश अमात्यले नाक, कान, घाँटीको र डा. मीरा आचार्य र डा. आदित्य साहले दाँतका बिरामीहरू परीक्षण गरेका थिए । कार्यक्रममा नेपाल डेन्टल एशोसिएसन मोरङको प्राविधिक सहयोग रहेको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष मुन थपलियाले जानकारी दिए । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले यसअघि रक्तदान, स्वास्थ शिविरलगायतका सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ।

बिहिबार, ०९ मंसिर, २०७८, बिहानको ०९:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर