काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।
नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’ नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए । पार्टीका महासचिव ईश्वर पोखरेलले पनि वरिष्ठ उपाध्यक्षमै उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।
‘