प्रदेशस्तरीय क्रिकेटको उपाधि झापालाई

विराटनगर । वाइवाइ यू–१९ मेन्स प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि झापाले जितेको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगर – १९ बैजनाथपुरको क्रिकेट रंगशालामा सम्पन्न भएको फाइनलमा मोरङलाई ५९ रनले हराउँदै झापाले उपाधि जितेको हो ।

झापाले दिएको ३० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनको लक्ष्य पछ्याएको मोरङले २६.५ ओभरमा ७८ रनमै समेटियो । झापाका अंकित सुवेदीले २८ बलमा २३ रन बनाए । उनले टिमको जितको लागि सर्वाधिक रन जोड्न सफल भए । झापाका बिवेक बुढाथोकीले ३३ बलमा २१ रन बनाए । मोरङका आइसटाइन रिजालले सार्वाधिक ५३ बलमा १९ रन जोडे ।

प्रतियोगिताको म्यान अफ द म्याच झापाको सुमिरन राई घोषित भए । बिजेता हुने टिमलाई ट्रफि तथा प्रमाण पत्र प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नबिन घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।

आइतबार, ०५ मंसिर, २०७८, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर