लोड हुँदैछ...

मेनु

गिरीलाई मोरङ कारागार ल्याउन जेलरले घुस मागेको भिडियो सार्वजनिक (भिडियो)

गिरीलाई मोरङ कारागार ल्याउन जेलरले घुस मागेको भिडियो सार्वजनिक (भिडियो)

विराटनगर । चर्चित डन अभिषेक गिरीलाई मोरङ कारागार ल्याउनका लागि सबैलाई सेटिङ मिलाउनु पर्ने भन्दै निमित्त जेलर रामप्रसाद पोखरेलले खर्च माग गरेको भिडियो सार्वजनिक भएको छ ।

विराटनगरको एक क्याफेमा विजय दाहालले उक्त कुराकानीको भिडियो खिचेका हुन् । अभिषेक गिरी विराटनगर ल्याउने भएपछि कारागार अगाडि भएको आन्दोलनमा आफू पनि सहभागी भएको र जेलर पोखरेललाई एउटा क्याफेमा भेटेर बुझ्न खोज्दा खर्चको व्यवस्था गर्नुपर्छ भनेपछि भिडियो रेकर्ड गरेको उनले बताएका छन् । दाहाल अभिषेक गिरीलाई ल्याउनु पर्छ भन्ने पक्षका हुन् । ‘म सरकारले निर्णय गरिसकेपछि अभिषेक गिरीलाई ल्याउनुपर्छ भन्ने मान्यताको मान्छे हुँ,’ उनले भने, ‘म अभिषेक गिरीको भाइ जस्तै हुँ ।’ दाहालले अभिषेक गिरी ल्याउने पक्षमा जेलरसँग कुराकानी गर्दा खर्च मागरेको दाबी गरेका छन् ।

‘मैले सिडियो सरले पत्र लेखेर पठाइसक्नु भएको छ । तपाईको काम ढुक्क हुन्छ । लकडाउनका कारण केही समय ढिलो भएको मात्रै हो । अर्को कुरा भन्नुपर्दा सिडियो साबले अहिले अभिषेक गिरीलाई ल्याउन मानेको छैन,’ भिडियोमा जेलर पोखरेलले भनेका छन्, ‘अलिक समय आनन्दले बस्नु भोली पर्सी त मैले पनि सोच्नु पर्छ । तपाईहरु पनि काम लाग्ने मान्छे हुनुहुँदो रहेछ । तर, अब काम भइसकेपछि मैले पनि कतिपय ठाउँमा मिलाउनु पर्छ, मेरो लागि पनि अलिअलि खर्च पानी मिलाउनु पर्छ है ।’

पोखरेलले यस्तो भनेपछि दाहालले भने ‘तपाईको खर्च पानीको टेन्सन लिनु पर्र्दैन, म मिलाउँछु’ भनेका छन् । भिडियो सार्वजनिक भएको विषयमा पोखरेलले भने आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

भिडियो…

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Muji saand
November 16, 2021 11:08 PM

Thok ghuskhori lie

प्रतिक्रियाहरू बन्द छन्।