ओखलढुंगामा जिप दुर्घटनाः चार जनाको मृत्यु, १२ जना घाइते

ओखलढुंगा । एकादशी मेला भर्न आएका यात्रु चढेको जिप दुर्घटना हुँदा ओखलढुंगामा चार जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको काफ्लेले बताए । ज्यान गुमाउनेहरुमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको हो ।

सोमबार, २९ कार्तिक, २०७८, बिहानको ११:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर