एमाले महाधिवेशन प्रतिनिधि छनोट : झापामा १० बुँदे पक्षको राजनीतिक सफाया !

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा महाधिवेशन प्रतिनिधि चयनमा १० बुँदे पक्षधरको सफाया भएको छ ।

कूल ४९ जना महाधिवेशन प्रतिनिधि चयन हुँदा १० बुँदे पक्षधर तीन जना मात्रै छानिएका हुन् । भद्रपुरकी उपप्रमुख चन्द्रा श्रेष्ठ, विर्तामोडका रोमणि भट्टराई लगायतका तीन जना छानिँदा अरु सबै प्रतिनिधि ओली पक्षकै छानिएका हुन् । छानिने सबै सहमतिमा मात्रै छानिन सम्भव भएको हो ।

चुनाव भएको ठाउँमा १० बुँदे पक्षधर पूर्वमन्त्री नै हारेका छन् । प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश खबाट सांसदसमेत रहेका हिरा थापा पराजित भएका हुन्।

उनी १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री हुन्।

थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराएका हुन्। श्रेष्ठले भन्दा ७३ मत कम पाउँदा थापा महाधिवेशन प्रतिनिधि हुन सकेनन्।

शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। थापा र नेपाल दुवै दस बुँदे पक्षधर हुन् ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरे। उनले १७०४ मत पाएका छन्। यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

 

आइतबार, २८ कार्तिक, २०७८, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर