मोरङ एमालेमा पाँच क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका पाँच वटा निर्वाचन क्षेत्र र दलित क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । मोरङ क्षेत्र नं १ बाट खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्बू सर्वसम्मत चयन हुनु भएको छ ।

त्यसैगरी क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, मो हसन इनाम बक्स र इर्जालाल राजवंशी सर्वसम्मत चयन हुनु भएको छ ।

क्षेत्र नं ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार बस्नेत, देवराज भण्डारी, दिलिप कुमार राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम, क्षेत्र नं. ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु र क्षेत्र नं. ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको नेकपा एमाले मोरङको जिल्ला निर्वाचन समितिले जनाएको छ । त्यस्तै दलित निर्वाचन क्षेत्रबाट खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा पनि सर्वसम्मत रुपमा दशौ महाधिवेशनका लागि प्रतिनिधिमा चयन भएका छन् ।

कात्तिक २७ गते शनिवार प्रतिनिधि चयनका लागि विहीबार मनोनयन दर्ता गरिएको थियो । पार्टी सदस्यता सङख्याको आधारमा मोरङबाट ५७ जना महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्वर १, २, ३, ४, ५ र दलित क्षेत्रमा निर्धारित सङ्ख्या बाहेकका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ । पाँचवटा क्षेत्रमा शुक्रबार बेलुका नै सर्वसम्मत रुपमा प्रतिनिधि छनौटको वातावरण तयार भएको र क्षेत्र नं ६ का उम्मेद्वाहरुले पनि सर्वसम्मतका लागि थप समय माग गरेकाले प्रतिनिधि छनौटका लागि शनिबार हुने भनिएको निर्वाचन कार्यक्रम तत्काललाई स्थगित गरिएको नेकपा एमाले मोरङको महाधिवेशन प्रतिनिधि छनौट जिल्ला निर्वाचन समितिले जनाएको छ ।

शनिबार, २७ कार्तिक, २०७८, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर