विराटनगर । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ सकिएको छ । नदीमा बनाइएको सजिया घाटमा पूजा गरेपछि व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।
सूर्यलाई अर्घ दिन विराटनगरको विभिन्न जलाशय र छठघाटमा भक्तालुको भीड लागेको थियो । यसअघि बुधबार साँझ अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ दिएका थिए ।
छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिने गर्दछन् । विराटनगरको सिंघीया, कसेलिया, सुनसरी मोरङ सिचाइ आयोजनाको नहर लगायतका स्थानमा छठ पूजाका लागि सजिया घाट बनाइएको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।