विराटनगर । जिल्ला प्रहरी कार्यालय माेरङअगाडि नै दुई समूहबीच झडप भएकाे छ । शनिबार राति मदिरा सेवन गरि विराटनगर -१ शंकर चाैकमा झडप भएकाे हाे ।
झडपमा पर्दा विराटनगर-१ विरेन कामत घाइते भएकाे छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेकाे माेरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्नता भएकाे आराेपमा दुई जनालाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेकाे उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिकाे नाम प्रहरीले गाेप्य राखेकाे छ ।
मदिरा सेवन गरेपछि शंकरपुर र शान्ति चाैकका युवाहरू बीच झडप भएकाे थियाे । एउटा समुहले विराटनगर १ स्थित नातिकाजी मास्केकाे घर ताेडफाेड गरिदिएकाे छ ।
कुन समूहले ताेडफाेड गर्याे त्याे खुल्न बाँकी छ । झडप भएपछि एउटा समूहका युवाहरु मास्केकाे घरमा लुकेर बसेकाे भन्दै युवाकाे समूहले ताेडफाेड गरेका हुन् ।
ताेडफाेड गर्ने समूह पहिचान गर्ने र घटनामा संलग्नताकाे खाेजीकार्य गरि अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा प्रहरी चाँडैं नपुग्दा घटना भएकाे स्थानीयकाे भनाइ छ । 
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।