लोड हुँदैछ...

मेनु

१६ करोडको लगानीमा विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

१६ करोडको लगानीमा विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर । विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो ।

बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रारम्भीक चरणमा २५ शैय्याबाट सुरु गरेको अस्पतालमा नेपालमा पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्ने प्रध्यापक डा. उपेन्द्र देवकोटासँग लामो समय काम गरेको न्यूरो सर्जन डा. पंकज राज नेपालसहितको टिम रहेको छ ।

डा. नेपाल अस्पतालका प्रबन्धक हुन् । उनीसहित दिनेश ठाकुर, डा. अर्चना चौधरीको लगानी रहेको छ । अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक, कान घाँटी, दन्त चिकित्सकीय सेवाहरु संचालनमा रहने अस्पतालका निर्देशक ठाकुरले जानकारी दिए ।

यस्तै जनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन सम्बन्धित सम्पूर्ण सेवाहरु, फिजिओथेरापी सेवाहरु संचालानमा रहेको छ । अस्पतलामा अत्याधुनिक आइसियु तथा भेन्टिलेर सेवा, सिटी स्कान, एम आरआईलगायतका सम्पूर्ण सेवाहरु अस्पतालमा रहेको निर्देशक ठाकुरको भनाइ छ ।

‘हामीले अरु अस्पतलाभन्दा हाम्रा दिने सम्पूर्ण सेवाहरुको छुटै निर्देशिका तयार गरेरका छौं,’ उनले भने, ‘भोलीका दिनमा अस्पताल आएका विरामीले छिटो, क्षरितो र गुणस्तरीय सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो । ’ न्यूरो सम्बन्धी उपचारमा लोमो समय काठमाडांै र बी एन सि अस्पतालमा न्यूरो चिफ एवं निमिक्त हस्पिटल डाइरेक्टर भएर काम गरेका डा. नेपालले यहाँ आएर सेवा दिने भएका हुन् । विराटनगरमा जन्मिएका डा. नेपालले न्यूरो क्षेत्रमा विरामीलाई नयाँ सेवा गुणस्तरीय तरिकाले दिने उद्देश्य रहेको बताए ।

अस्पतालमा अहिले मेडिकल क्षेत्रमा १२ जना चिकित्सक, एक दर्जन बढी नर्स रहेका छन् । यस अस्पतालमा एक सय जनाले रोजगारी पाउने निर्देशक ठाकुरले जानकारी दिए । अहिले सामाजिक विकास मन्त्रालयदेखि २५ शैय्याको स्वीकृत पाएकोले निकट भविष्यमा ५० शैय्याको पु¥याउने तयारी गरेको उनले बताए ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Hari rajbanshi
November 2, 2021 5:57 PM

Gd nws

Kalpana
November 6, 2022 3:22 PM

Massage garnuna

प्रतिक्रियाहरू बन्द छन्।