कात्तिक २२ मा एमाले मोरङले शुुभकामना आदानप्रदान गर्ने

विराटनगर । नेकपा एमाले मोरङले दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वहरुको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको छ ।

कात्तिक २२ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । हरेक वर्ष तिहारअघि गर्दै आएको कार्यक्रम यस वर्ष भने तराईबासीहरुको महत्वपूर्ण पर्व छठलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।

बिहान ११ बजेदेखि बेलुका ५ बजे सम्म हुने कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको छ । ११ बजेदेखि ३ बजे सम्म पार्टीमा आवद्ध नेता कार्यकर्ताहरुसँग वैचारिक कार्यक्रम र ३ बजेपछि सम्पूर्ण शुभेच्छुक, राजनीतिक दलहरु, उद्योगी, व्यवसायी, नागरिक समाज, बुद्धिजीविलगायत सवैसँग शुभकामना आदान प्रदान गरिने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

उनका अनुसार आज बसेको पार्टीको वैठकले कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न जिम्मेवारी बाँडफाँट समेत गरेको छ । एमाले मोरङको आयोजना तथा एमाले विराटनगर महानगर कमिटीको व्यवस्थापनमा हुने कार्यक्रमका लागि हल व्यवस्थापन, प्रचार प्रसार, स्वयंसेवक परिचालन लगायतका कामको जिम्मेवारी तोकिएको छ । कार्यक्रममा ५ हजार नेता कार्यकर्ताको उपस्थितीति रहने बताइएको छ ।

शुक्रबार, १२ कार्तिक, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर