माओवादीले बनायो रमेश भगतको नेतृत्वमा ७५ सदस्यीय ग्रामथान गाउँ कमिटी

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा रमेश भगतको संयोजकत्वमा ७५ सदस्यीय कमिटी निर्माण गरेको छ ।

झोराहाटस्थित मनिकर्णिका भवनमा आज सम्पन्न गाउँपालिकाको भेलाले कमिटी निर्माण गरेको हो । कमिटीको सहसंयोजकमा चन्द्रकला मोदी र जोगिन्द्र उराव रहेका छन् भने सचिवमा हरिलाल विश्वास चयन भएका छन् ।

कार्यक्रमका अवसरमा कांग्रेस र एमालेका दर्जनौं कार्यकर्ता पार्टी प्रवेश गरेको सो क्षेत्रका सांसद तथा माओवादी युवा नेता अमनलाल मोदीले जानकारी दिए । कार्यक्रममा संघीय सांसद मोदी, प्रदेशका पूर्व राज्यमन्त्री तथा प्रदेशसांसद विजयकुमार विश्वास, माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती, महिला नेतृहरु विनिता घिमिरे, सावित्रा आछामिलगायतका नेताहरुको उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै माओवादी नेताहरुले आदिवासी, जनजाति, उत्पीडित जातीहरुको पक्षमा र ग्रामथानको विकास तथा उन्नतिका लागि माओवादीले अझै धेरै गर्ने प्रतिबद्धता जनाएका थिए ।

आइतबार, ०७ कार्तिक, २०७८, रातीको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर