एमाले मोरङको वडा अधिवेशन : १४ वटा वडामा भएन सहमति, ११९ वडामा सर्वसम्मत नेतृत्व चयन

विराटनगर । नेकपा एमाले मोरङको प्रथम वडा अधिवेशनबाट जिल्लाका ११९ वटा वडामा सहमतिबाटै नेतृत्व चयन भएको छ । १४ वटा वडामा सहमति जुट्न सकेन भने अन्य १६ वटा वडामा बाढी र आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मोरङको जहदा गाउँपालिकाका ७ वडा वडामा आवश्यक तयारी नपुगेको कारण स्थगित गरिएको हो भने सुनवर्षी नगरपालिकाका ९ वटा वडा बाढी र डुबानबाट प्रभावित भएको हो ।

नेकपा एमाले मोरङमा १५९ वटा वाडा शाखा कमिटी रहेका छन् । पोखरेलका अनुसार लेटाङ नगरपालिकाकाको १ र ७ नम्बर वडा, केरावारी गाउँपालिकाको वडा नम्बर १, उर्लाबारी नगरपालिकाका १, २, ३, ६ र ७, कानेपोखरी गाउँपालिकाको १ नम्बर वडा, बेलबारी गरपालिकाको १ नमबर वडा, रंगेली नगरपालिकाको १ नम्बर वडा, धनपाल गाउँपालिकाको २ र ५ नम्बर वडा र विराटनगर महानगरपालिकाको वडा नम्बर ६ मा नेतृत्व चयन हुन बाँकी रहेको पोखरेलले जानकारी दिए ।

बाढी प्रभावित सुनवर्षी नगरपालिका र जहदा गाउँपालिकामा आवश्यक व्यवस्थापन गरेर केही दिनभित्र सम्पन्न गर्ने र सर्वसम्मत हुन बाँकी वडामा कार्तिक ८ गतेभित्र सम्पन्न गरि कार्तिक ९ गते सबै पालिकाले अधिवेशन सम्पन्न गर्ने पोखरेलको भनाइ छ ।

आइतबार, ०७ कार्तिक, २०७८, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर