लोड हुँदैछ...

मेनु

संगत परिणामका लागि नेपालमा बायोइथिक्स दिवस मनाइयो

संगत परिणामका लागि नेपालमा बायोइथिक्स दिवस मनाइयो

धरान । पर्याप्त जानकारीसहित सचेत भएर कार्यगरेमा व्यवहारमा संगत परिणाम ल्याउन सकिन्छ भन्ने उद्देश्यसहित् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बायोइथिक्स दिवस मनाइएको छ ।

‘सूसुचित सहमति’ शीर्षकमा १९ अक्टोवरका दिन बायो–इथिक्स नेपाल एकाईले धरानस्थित विपी प्रतिष्ठानमा भर्चुअल अन्र्तक्रिया कार्यक्रम आयोजना गरेर चिकित्सा, शिक्षा, शोध लगायतबारे संगत परिणाम ल्याउन सन २०२१ को बायो–इथिक्स दिवस मनाइएको हो ।

बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि रहेको उक्त्त कार्यक्रममा एकाइकी पूर्व प्रमुख प्राडा. रुपा राजभण्डारी, नेपाल स्वास्थ्य परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवाली तथा वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले संगतपरिणाम र बायो इथिक्स दिवसको महत्वबारे प्रकाश पारेका थिए ।

विद्यार्थीहरु नवीन अधिकारी र एलिसा श्रेष्ठले संचालन गरेको भर्चुअल कार्यक्रममा डा. सुमित शर्मा, डा. प्रशन्न सुवेदी, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. तारा शाह, डा. रिता खड्का, डा. सरुण कोइराला, डा. किशोर गुरुङ, डा. सन्दिप शाह, डा. उज्वल गौतम र खेमचन्द्र सुवेदीलगयातका सहभागीले मानव व्यवहार व्यक्तिगत मात्र नभई समाज र राज्यस्तरमै संगत र नीतिगत व्यवहारका लागि आधार तयार गर्नु बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त र नारा रहेको बताएका थिए ।

सो अवसरमा भएको फोटो प्रतियोगितामा डा. बोलबम रजक र अपेक्षा उप्रेती, निबन्धमा रिचा कोइराला, विजया राजभण्डारी, सागर कार्की र सन्देस काफ्ले; कवितामा मानव पन्थी र सुयोग झा तथा आर्ट पोस्टरमा शशांक भट्टराई र रिचा कोइराला पुरस्कृत भएका थिए ।

नेपालका तर्फबाट सहभागी शशांक भट्टराईको पोस्टरका नेपाल यसवर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा द्वितीय भएको थियो । कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननयोग्य यस्ता कार्यक्रम नियमित र विस्तारित हँदै जाने बताए ।

चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियममा संगत परिणाम ल्याउनका लागि सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।