बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलको पाकेको धानबाली क्षतिग्रस्त

विराटनगर । अविरल वर्षासँग आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पु¥याएको प्रारम्भीक अनुमान गरिएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको थियो । त्यसमध्ये प्रारम्भीक रुपमा ५० हजार हेक्टर अर्थात् करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पु¥याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

जसमध्ये ३ प्रतिशित अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको पाकेको धान हावाहुरीले पानीमा लडाएको कारणले कामनै नलाग्ने गरि पूर्ण रुपमा क्षति भएको उनले बताए । प्रदेश १ मा किसानले रन्जित, सानो मन्सुलीलगायतका धान लगाएका छन् । ‘अहिलेको यो प्रारम्भीक तथ्याङ्क हो,’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्दछ । आउने क्रमम जारी छ ।’

धान उत्पादनको भण्डार मानिने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी हावाहुरी र वर्षाले क्षति पु¥याएको छ । मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ । सुनसरीमा ५३ हजार हेक्टर मध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पु¥याएको छ ।

प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको छ ।

बिहिबार, ०४ कार्तिक, २०७८, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर