लोड हुँदैछ...

मेनु

झोराहाट रेडक्रसले गर्यो वृक्षारोपण

झोराहाट रेडक्रसले गर्यो वृक्षारोपण

झोराहाट । रेडक्रस सोसाइटी उप शाखा झोराहाटले २५ औ ंस्थापन दिवस तथा वार्षिक साधारण सभाको अवरमा वृक्षारोपण गरेको छ । रेडक्रसले स्थानीय सरस्वती मा. वि. अगाििड सडक डिभाइडरमा २५ वटा फुलको बिरुवा रोपेको हो ।

डिभिजन वन कार्यालय मोरङले निशुल्क बिरूवा र प्राविधिक सहयोग उपलब्ध गराएको हो। झोराहाट रेडक्रस सोसाइटी उप–शाखाले स्थापना दिवश र साधारण सभामा ७ जना समाजसेवीलाई सम्मान पनि गरेको छ । यसै अवसरमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गराइ ग्रामथानका सरस्वती मा.वि., शारदा बोर्र्डिङ स्कुल र जनक बोर्डिङ स्कुल प्रथम द्वितीय र तृतिय भए ।

नेपाल रेडक्रस सोसाइटी मोरङ सभापति सुवोध कुमार सिहं, विशिष्ट अतिथि समाजसेवी तथा रेडक्रस सोसाइटी मोरङ कार्यसमिति सदस्य मीना जोशी, सरस्वती मा. वि.का व्यवस्थापन समिति अध्यक्ष श्याम सरदार , बेगनलाल आधारभूत विधालयका प्र.अ.कृष्णहरि धिमिरे लगायतको उपस्थिति थियो । कार्यक्रम रेडक्रस सोसाइटी उप–शाखाका सभापति झनेन्द्रबहादुर भण्डारी को अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।