लोड हुँदैछ...

मेनु

‘हेभिवेट’ पूर्व प्रशासक र राजदूतहरु माओवादीमा

‘हेभिवेट’ पूर्व प्रशासक र राजदूतहरु माओवादीमा

विराटनगर । नेपालको प्रशासनयन्त्रमा निष्कलंक प्रशासकका रुपमा दरिएका र दीर्घकालीन महत्वका निर्णयहरुमा अगुवाई गरेका पूर्व मुख्यसचिव लीलामणि पौड्याल माओवादी केन्द्रमा आवद्ध भएका छन् ।

माओवादी केन्द्रले सुरेन्द्र (राम) कार्कीको अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभागको गठन गर्दा विभागमा पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य रहेका छन् । पौड्याल विवादरहित प्रशासकका रुपमा परिचित छन् भने मास्के पुराना वाम अभियन्ता हुन् ।

पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिज्ञ रहेका छन् । पूर्व मुख्यसचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नेकपाभित्र विवाद चुलिनुको एउटा कारणमा पौड्याललाई दलभित्र छलफलबिना फिर्ता गरेको विषय पनि रहेको थियो ।

केही समयअघि मुख्य सचिव पौडेलले माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएको थियो । विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।

सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ सदस्य रहेका छन् ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

रामकृष्ण तिवारी
October 5, 2021 10:15 PM

माओवादी तर्फवाट राजदुत बनेका तर जनयुद्ध कालका कट्टर विरोधी कोई छुटेकी ?
अबको राजदुतको छनौट राजदूत नभएकाहरु मध्येवाट छनौट होस् । भरसक पूर्व माओवादीवाट नभइ नयाँ माओवादीवाट होस् ।

मुकुन्द कार्की
October 6, 2021 6:56 PM

होइन हामी माओवादीमा योगदान र योग्यता पुर्‍याएर बसेको हो तर सबै लाई मात्रै योग्य ठान्ने हो भने अबको युवाहरूलाई माओवाद मा नहुनू भन्नू पर्ला कि ?

simha mssp
October 6, 2021 4:32 AM

बामालेहरुको भ्रष्टचार मदन भण्डारी फाउण्डेशन मार्फत आईएन्जिओहरु बाट बुझेको करोडौं भारु र डलर, सामन्त गोयल हुंदै मोदीको टाङ मुनि छिरेर गरेको राष्ट्रघात को चिरफार गर्नु होस।

मुकुन्द कार्की
October 6, 2021 6:56 PM

होइन हामी माओवादीमा योगदान र योग्यता पुर्‍याएर बसेको हो तर सबै लाई मात्रै योग्य ठान्ने हो भने अबको युवाहरूलाई माओवाद मा नहुनू भन्नू पर्ला कि ?

प्रतिक्रियाहरू बन्द छन्।