विराटनगर । विराटनगर महानगरपालिकाका सबै वडा कार्यालयहरुमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउने क्रम जारी रहेको छ । महानगरका वार्डहरुले ४० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउने काम भइरहेको महानगरले जनाएको छ।
पहिलो डोज खोप लगाउन वडा कार्यालयहरुमा स्थानीयको घुँइचो लागेको छ । शुक्रबार खोप लगाउनेको भीड व्यवस्थापन गर्न वडा कार्यालयलाई हम्मे परेको छ । खोप लगाउन सर्वसाधारणलाई अझैपनि सकस पर्ने गरेको भन्दै जनसंख्याका आधारमा खोप वितरण गर्नुपर्ने स्थानीयले बताएका छन् । भीडभााड भएपनि ४० वर्ष माथिका सबैलाई पहिलो जोड खोप लगाउने तयारी रहेको महानगरले जनाएको छ । महानगरले तोकिएको उमेर समूहका लागि खोपको अभाव नहुने पनि बताएको छ ।